अटो मोबाइलमा  योगदान पुर्‍याएको भन्दै नाडा सम्मानित

शुक्रबार, २५ पुस २०८२, १४ : ५५

काठमाडौं - अटो मोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधनमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा नाडालाई सम्मानपत्र प्रदान गरेको हो ।

अटो मोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई पनि प्रशंसापत्र प्रदान गरेको छ ।

नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेडमा आधारित सीपमूलक तालिम पाठ्यक्रम विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत, प्राविधिक जनशक्ति उत्पादन जस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको सम्मानपत्रमा उल्लेख छ ।

शुक्रबार, २५ पुस २०८२, १४ : ५५

प्रतिक्रिया