काठमाडौं- पाँचतारे स्तरको होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको आईपीओ जारी गर्ने भएको हो ।
उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। नियुक्ति सम्झौतामा होटल गरिमा लिमिटेडको तर्फवाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
होटल गरिमा लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।
सोल्टी होटल एण्ड रिसोट समूहबाट व्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ’नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।
प्रतिक्रिया