काठमाडौं- वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले साधारण सेयर सार्वजनिक निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार हिमालयन क्यापिटलले आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन तथा प्रक्रियागत कार्य सम्हाल्नेछ ।
कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आईपीओ निष्कासनबाट संकलित पूँजी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न तथा कम्पनीको वित्तीय संरचना सुदृढ बनाउन उपयोग गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासनको मिति, मूल्य र कित्ताको विवरण भने आवश्यक स्वीकृति पश्चात सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया