निर्वाचन प्रहरीमा भर्ना हुनेको लर्को, दुई दिनमा २७ हजार बढीले दिए आवेदन

आइतबार, २७ पुस २०८२, १६ : २२

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि नेपाल प्रहरीले आवेदन संकलन गरिरहेको छ । पुस २५ देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट इच्छुकहरूले आवेदन दिइरहेका छन् । दुई दिनमा २७ हजार भन्दाबढी आवेदन संकलन गरिएको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीले यसपटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना र परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

दरखास्त आह्वान गरेको दोस्रो दिन शनिवार १७ हजारले आवेदन दिएका छन् । माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिन सकिने छ ।

 
आइतबार, २७ पुस २०८२, १६ : २२

प्रतिक्रिया