कुनै दलले यस्तो घोषणा गर्न सक्ला ?

सोमबार, २८ पुस २०८२, १४ : ०२

विदेशमा रहने दाजुभाइ दिदीबहिनीहरु झोलाझाम्टा सबै ल्याएर नेपाल फर्कनुस ! फाल्गुन २१ गतेको निर्वाचनमा हामी जित्दैछौं। तपाईंहरुले मत हालेको १ हप्तामा रिजल्ट आईहाल्ला। रिजल्ट आएको १ हप्तामा सरकार बनाउने र अन्य तयारीका काम सक्नेछौ। २०८२ चैतको १० गतेपछि बिदेशमा काम गरेर फर्केकाहरुलाई कृषि मजदुर र औंधोगिक मजदुरको रुपमा भर्ना गर्न सुरु गर्नेछौं। २०८३ बैसाक महिनाभित्र २ लाख मजदुरलाई कृषि, फलफूल र पशुपालनका क्षेत्रमा खटाउने छौ भने २ लाख मजदुरलाई औंधोगिक संरचना बनाउन खटाईहाल्नेछौ। क्रमशस् यो संख्या बढाउदै लगेर उत्पादित दक्ष, अर्धदक्ष र अदक्ष मजदुरको क्याटागोराईज गरेर काममा खटाईनेछ। 

हामीले १ बर्षभित्रै देशका ठूला संरचना निर्माणको काम थालनी गरिसक्नेछौ। ३ बर्षभित्रै देशका सबै नागरिकहरुलाई रोजगारी पुग्नेगरि ठूला र मझौला उद्योगहरु स्थापना गरिसक्नेछौ। 

अमिल्दा नियम र कानुनहरु सरकार बनेको ३ महिनाभित्रै सच्चाउनेछौ १ नागरिकहरुले पाएको भूमिअधिकारलाई सच्याउदै लगिनेछ। कृषिजन्य तरकारी, फलफूल र मासु आयात १ बर्षभित्र बन्द गरिनेछ। खेतबारी बाँझो राख्नेहरुको जग्गा खोसेर कम जमीन हुने र उद्यमशीलहरुलाई दिईनेछ। खाली रहेका सरकारी प्रति, ऐलानी जमीनहरुमा फलफूल खेती गरिनेछ। कृषि मजदुरहरुलाई उच्च प्रविधिको ज्ञान दिएर काममा लगाईनेछ। पहाडी र हिमाली क्षेत्रको जनजीवन कष्टकर छ, विकास पुगेको छैन। यसर्थ, उनीहरूको जीवनयापन सहज बनाउन एकीकृत बस्ती विकास योजना सुरु गर्नेछौं। ५ बर्षभित्रै बस्ती स्थानान्तरण गर्दै एकीकृत बस्ती बसाईसक्नेछौ। बस्ती स्थानान्तरण पछि सघन र पकेट कृषि क्षेत्रको काम ५ बर्षभित्रै सम्पन्न गर्नेछौ। 

हामीसंग १७ प्रकारका १५६ वटा उद्योग पाईपलाईनमा छन्। सिमेन्ट उद्योगहरु धेरै खुलेका छन र केही खुल्ने प्रकृयामा छन्। भएका सिमेन्ट कारखानालाई फुल क्यापासिटीमा चलाउने छौ। यत्तिले हामीलाई पुग्नेछैन, सुर्खेतको चौकुने सिमेन्ट कारखाना लगायतका कारखाना अबको २ बर्षमै सुरु गर्नेछौ, ठेक्का जिम्मा लिएकाले ३ महिनाभित्र काम सुरु नगरे अनुमती खारेज गरेर सरकार आफैले बनाउन सुरु गर्नेछ। 

 दैलेखको पेट्रोल खानी, नवलपरासीको धौवादी कारखाना मुख्य प्राथमिकतामा हुनेछन्। 

सुदुरपश्चिम र कर्णाली प्रदेशमा
यार्सागुम्बा, चिराइतो, पाचऔले, अतिस, कुटकीबाट
आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगहरु खोलिनेछ।
जडिबुटी प्रशोधन र निर्यात उद्योगलाई प्राथमिकता दिईनेछ। यहाँ चुनढुंगा,फलाम, तामा, स्लेट ढुंगा
स्टोन क्रसर, निर्माण सामग्री उद्योग, सिमेन्ट, इँटा, टायल
बालुवा, गिट्टी प्रशोधन, प्रि-फ्याब जस्ता १० वटा उद्योगहरु ३ बर्षभित्र खोलिनेछ। पर्यटन उद्योग अर्को ठूलो उद्योगको रुपमा रहनेछ। संभावित पर्यटकीय क्षेत्रमा होटल खोल्न चाहे स्वदेशी उद्योगीका लागि १०० बर्षका लागि जमीन लिजमा दिईनेछ। सबै पर्यटकीय केन्द्रमा २ बर्षभित्र न्यूनतम् पूर्वाधारको व्यवस्था गरिसकिनेछ। 

  लुम्बिनी प्रदेशमा सिमेन्ट, डोलोमाइट, गुरिल्ला, मार्बल, कोल, मूल्यवान ढुङ्गाहरुसंग सम्वन्धित उद्योगहरु स्थापना गरिनेछ। लुम्बिनीमा वौद्धधर्मालम्वीहरुलाई तान्ने विशेष योजना ल्याईनेछ। खासगरी नेपालीको अन्नभण्डारको रुपमा यसलाई विकास गरिनेछ। सिंचाइको सुविधा ३ बर्षभित्र पुर्याईनेछ। 
 
बागमती प्रदेशमा औषधि, खाद्य पदार्थ, पेय पदार्थ
सिमेन्ट, स्टिल, प्लास्टिक, केमिकलसम्वन्धी उद्योगहरु खोलिनेछ। चितवन लगायत जिल्लाहरुमा घाँस उत्पादन गरेर चीनमा बेच्ने सम्भावना छ। पाडापाडी र बंगुरको मासुको चीनमा ठूलो बजार छ। त्यसका लागि मासु र घाँस प्रशोधन उद्योग २ बर्षभित्रै संचालनमा ल्याईनेछ।
दुग्ध, मासु, फलफूल, तरकारी प्रशोधनका उद्योगहरु खोलिनेछ। सूचना प्रविधि ९क्ष्त्० र सेवा उद्योग
सफ्टवेयर, डाटा सेन्टरसम्वन्धी उद्योगहरु २ बर्षभित्रै स्थापना हुनेछन्। गार्मेन्ट र कपडा उद्योग स्थापना गरिनेछ। गोरखकालि टायर उद्योग पुनः संचालनमा ल्याईनेछ।

कोशी प्रदेशमा चुनढुंगा, ढुंगा–गिटी, बालुवा, वनजन्य उद्योगहरु स्थापना गरिनेछ। चूरे क्षेत्र दक्षिणका ढुंगा, वालुवा उठाएर भारत र बंगलादेशलाई बेचिनेछ। 
मेचीको चिया विश्व प्रशिद्ध छ। यसलाई अझै परिस्कृत गरि विश्व बजारमा पुर्याउन सरकार नै लागि पर्नेछ। अलैंची, अदुवा, दूध, मकै, धान जस्ता कृषि उत्पादन र त्यससँग सम्वन्धित उद्योगहरु स्थापना गरिनेछ।
जलविद्युतको ठूलो सम्भावना भएको क्षेत्र भएकोले
अरुण, तमोर, दूधकोशी, सभाकोशी जस्ता ठूला नदीवाट विद्युत निकालिनेछ, सिंचाइ सुविधा पुर्याईनेछ।

मधेस प्रदेश नेपालको अन्नभण्डार हो। यहाँ धान, गहुँ, मकै, तेलहन, माछा, दूध, मासु लगायतको राम्रो उत्पादन हुन्छ। यसर्थ यहाँ चामल मिल, चिनी उद्योग, तेल उद्योग, दुग्ध प्रशोधनका उद्योगहरु सम्भावना छन। सिमेन्ट, ईँटा, स्टोन–ग्रेनाइट, बालुवा र गिट्टीसम्वन्धी उद्योग खोलिनेछ। ग्यास र पेट्रोलियमको राम्रो संभावना देखिएकोले यसको सम्भाव्यता अध्ययन गरेर सम्भाव्य भए उत्खनन गरेर उद्योग खोलिनेछ। गार्मेन्ट, औषधि र केमिकल उद्योगहरुको पनि सम्भावना भएकोले ३ बर्षभित्र केही ठूला उद्योगहरु खोलिनेछ।

 हामीलाई यी उद्योगहरु स्थापना गर्न ठूलो पुँजीको आवश्यक्ता पर्नेछ। त्यो पुँजी हाम्रो देशभित्रै छ। ठूलो तरलताको रुपमा वैकहरुमा रहेको झण्डै २३ खर्ब तरलतालाई ३ बर्षभित्रै उद्योग स्थापनामा लगाउनेछौ। बेरोजगारी शून्यमा झार्नेछौ। माथि उल्लेखित काम गर्न सकेनौ भने अर्को आवधिक चुनावको ठिक अघि हाम्रो पाटी विघटन गर्न राजी छौ। मुख्य नेतृत्वले राजनीतिवाट सदाका लागि सन्यास लिने घोषणा समेत गर्दछौ।
(चिन्तामणि शर्माको वालबाट)

सोमबार, २८ पुस २०८२, १४ : ०२

प्रतिक्रिया