सिटिजन्स बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, २९ पुस २०८२, १० : ३८

काठमाडौं- सिटिजन्स बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ९ हजार ३८२.७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको फरक–फरक मूल्य तय गरिएको छ। १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी सेयरको १०० रुपैयाँ निर्धारण गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालय पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्ड अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

 
मंगलबार, २९ पुस २०८२, १० : ३८

प्रतिक्रिया