काठमाडौं- निगालो होटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
होटलले आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता रहेको थियो ।
नगरकोटमा अवस्थित चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहनेछन् ।
करिब १ अर्ब रुपैयाँ लगानी रहने उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने जानकारी पनि कम्पनीले दिएको छ ।
प्रतिक्रिया