काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये दुई मुद्दा फिर्ता लिन माग गर्दै निवेदन दिएका छन् ।उनले सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको छ ।
लामिछानेले तीमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता ल्याइदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका हुन्।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाको अभियोग फिर्ता गरिदिन लामिछानेले निवेदन दिएका छन् ।
लामिछानेमाथि रुपन्देही र काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको मुद्दा छ । ति जिल्लामा दर्ता भएको मुद्दा पनि परिमार्जन गरिदिन उनले माग गरेका हुन् ।
प्रतिक्रिया