चुनाव क्षेत्र फेर्ने प्रचण्डलाई सूर्य थापाको कटाक्ष– दार्चुला हुँदै उत्तराखण्ड पुग्न त बाँकी होला ?

बुधबार, ३० पुस २०८२, १३ : १५

काठमाडौं– एमाले नेता सूर्य थापाले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव क्षेत्र फेर्ने भगौडाको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत भागाभाग गर्नेलाई भगौडा भन्छन् भन्दै उनले रोल्पा, कीर्तिपुरबाट सिरहा, चितवन हुँदै गोरखाबाट पूर्वी रुकुम पुगेको बताएका हुन् ।

नेता थापाले यसअघि प्रचण्ड निर्वाचित क्षेत्रमा समाजवाद आइसकेको र आगामी निर्वाचन क्षेत्र पूर्वी रुकुममा समाजवाद देख्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् । उनले यति लामो निर्वाचन क्षेत्रको दूरी पार गरेपछि क्रमशः कालिकोट, दार्चुला हुँदै उत्तराखण्ड पुग्न त बाँकी रहने होला ? भन्दै प्रचण्डलाई कटाक्ष गरेका हुन् । 

‘भागाभाग गर्नेलाई भगौडा भन्छन्न् स् रोल्पा(कीर्तिपुरबाट सिरहा,सिरहाबाट चितवन,चितवनबाट गोरखा,गोरखाबाट पूर्वी रूकुम !  गज्जब छ, नानीका बा-कागले आफ्नै नाम काढेर काकाभनेजस्तो सटीक दृष्टान्त !’, उनले भनेका छन् ‘कीर्तिपुर,रोल्पा,सिरहा,चितवन र गोरखामा समाजवाद आइसक्यो, यसपालि पूर्वी रूकुममा समाजवाद ल्याउन बाँकी देखियो! नोयडा, नयाँदिल्लीबाट सुरूङमार्ग हुँदै यति लामो दुरी यात्रा पार गरेपछि क्रमशस् कालिकोट, दार्चुला हुँदै उत्तराखण्ड पुग्न त बाँकी रहने होला? हिड्दै छ, पाइला मेट्दै छ- को हो ?’

 
 
बुधबार, ३० पुस २०८२, १३ : १५

प्रतिक्रिया