काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो ।
एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।
एफपीओमा ४६ हजार ७८१ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । सोहीमध्येका ७ जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । साढे २२ लाखको हात भने रित्तो हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया