काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराई भू(भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भू(भागमा बिहानीपख लाग्ने हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
प्रतिक्रिया