काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा फागुन ६ गतेसम्म पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया