आगामी निर्वाचन नलड्ने कांग्रेस नेता थानीको घोषणा

विहीबार, ०१ माघ २०८२, १३ : ३५

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी नदिने घोषणा गरेका छन्।

उनले आफ्नो स्वास्थ्य समस्या र नसा सम्बन्धी जटिलताका कारण यस यस्तो निर्णय लिएको बताएका हुन् ।  उनले करिब दुई महिना देखि डाक्टरको निगरानीमा फिजियोथेरापी उपचार गराइरहेको जानकारी दिएका छन्।

थानीले आफूले उम्मेदवारी नदिने निर्णयमा मनोयान दर्ता समेत उपस्थित हुन नसकेको र आगामी निर्वाचनमा भाग नलिने बताउँदै सबै दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूसँग विश्वास र सहयोगको लागि आभार व्यक्त गरेका छन्।

 

 
 
विहीबार, ०१ माघ २०८२, १३ : ३५

प्रतिक्रिया