काठमाडौं महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

शुक्रबार, ०२ माघ २०८२, १३ : ५८

काठमाडौं- काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगानी निर्वाचनमा उम्मेदवार बन्ने चर्चाका बीच उनले राजीनामा दिएका हुन् ।

उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ । काठमाडौं ४ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले जितेको क्षेत्र हो । पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

 
 
शुक्रबार, ०२ माघ २०८२, १३ : ५८

प्रतिक्रिया