नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

शनिबार, ०३ माघ २०८२, १३ : २५

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 
शनिबार, ०३ माघ २०८२, १३ : २५

प्रतिक्रिया