काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ मंगलबार बाँडफाँट हुने भएको छ ।
सार्वजनिक बिदा धेरै परेका कारण एफपीओ बाँडफाँटमा ढिलाई भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
यस एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका छन् । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।
एफपीओमा ४६ हजार ७८१ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । सोही मध्येका ७ जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया