राजीनमापछि घण्टीघर पुगेर बालेनद्वारा पदभार ग्रहण

आइतबार, ०४ माघ २०८२, १६ : ४१

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेर वरिष्ठ नेताको जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेर आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । 

बालेनको स्वागतका लागि समर्थकहरूले ३ घण्टासम्म कार्यालय बाहिर प्रतीक्षा गरे पनि उनले सम्बोधन भने गरेनन्। उनको स्वागतका ठूलै भिड जम्मा भएपनि बालेन भने आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेर फर्किएका हुन् ।

 
 
 
आइतबार, ०४ माघ २०८२, १६ : ४१

प्रतिक्रिया