काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले पारित गरेको १३ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बूक क्लोज गरेकोले पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूका लागि कर सहित १३ प्रतिशत नगद पुस ३० गतेदेखि नै पठाउन थालिएको कम्पनीले जानकारी दिएको छ।
पुस १७ गतेसम्म सेयर धितो राखेर ऋण लिएको शेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी पत्र पेस गरेपछि मात्रै फुकुवा गरिने र सेयर अभौतिकीकरण नगरेको भए यथाशीघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया