काठमाडौं- एमभी दुगड ग्रुपका अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति मोतीलाल दुगड ८० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ।
दुगडको ८० औं वर्ष प्रवेशको उपलक्ष्यमा माघ ४ गते सातवटै प्रदेशका २० वटा स्थानहरुबाट नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक र क्युरा हेल्थको सहयोगमा ५७८ जनबाट ५७८ प्वाइन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।
संकलित रगतबाट वीरगंज, बुटवल र धनगढीमा गरी तीन विरामीको तत्कालै ज्यान जोगाउन सकिएको ग्रुपले जनाएको छ। ग्रुपले रक्तदानमा सहभागी सबैलाई आभार व्यक्त गरेको छ।
पर्यावरण संरक्षणमा चासो राख्ने दुगडको ७५ औं जन्मवर्षदेखि सुरु भएको वृक्षरोपण अभियान अन्तर्गत हालसम्म १ लाखभन्दा बढी बिरुवा रोपिएका छन्, जसमध्ये ६५ हजार हुर्किसकेका छन्। ग्रुपले आगामी ५ वर्षभित्र ५ लाख बिरुवा हुर्काउने लक्ष्य लिएको छ।
१५० वर्षको इतिहास बोकेको यस ग्रुपले अटो, कृषि र जलविद्युत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। हाल यस ग्रुपले सोलुखुम्बु र रामेछापबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोलखामा २०० मेगावाटका आयोजना निर्माण गरिरहेको छ।
प्रतिक्रिया