काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगेका उनलाई भद्रपुर बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन् । उनी त्यहाँबाट विर्तामोड हुँदै दमक जाँदैछन् ।
विमानस्थलबाट सिधै ओली विर्तामोड हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।
उनका अनुसार, आज २ बजे दमक स्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र ५ बाट उम्मेदवारी दिन उनी त्यहाँ गएका हुन् । निर्वाचन आयोगले उम्मेदवारी दिने समय मंगलबारलाई तोकेको छ ।
प्रतिक्रिया