दुर्गा प्रसाईं पक्राउ

सोमबार, ०५ माघ २०८२, १६ : ४७

काठमाडौं– मेडिकल व्यवसायी एवं राजावादी अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई आज प्रहरीले पोखरामा पक्राउ गरेको हो । 

कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार काठमाडौंबाट पठाइएको पक्राउ अनुमति कार्यान्वयन गरी प्रसाईलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । 

निर्वाचन आयोगले दुर्गा प्रसाईंमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।  आयोगले ५२ करोड लिएर गगन थापालाई आधिकारिता दिएको प्रसाईंले आरोप लगाएका थिए । 

 
 
सोमबार, ०५ माघ २०८२, १६ : ४७

प्रतिक्रिया