विजय लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

मंगलबार, ०६ माघ २०८२, १० : १५

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्तापुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप सार्वजनिक निष्कासन गरेको हो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार कुल २१ लाख ९९ हजार २६ आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ता सेयर माग भएको छ। जसमा २१ लाख ९६ हजार ३४ आवेदकबाट माग भएको २ करोड ५० लाख ५८० कित्ता सेयर सदर भएको थियो भने २ हजार ९९२ आवेदकबाट माग भएको ४० हजार ४२० सेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबले २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ।

यो एफपीओको अन्तिम नतिजा सीडीएससीको मेरो सेयर र सिडीएससीको वेबसाइटका साथै धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिन्छ।

 
मंगलबार, ०६ माघ २०८२, १० : १५

प्रतिक्रिया