काठमाडौं- ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो।
‘स्किल विक २०२६’ विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ। यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा ‘इन्फोटेनमेन्ट’ हप्ताको रूपमा मनाएको छ।
जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए।
कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको थियो।
उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।
पाँच विधामा ‘स्किल हिरो अवार्ड २०२६‘ प्रदान
आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको ‘स्किल हिरो अवार्ड’ बाट सम्मान गरिएको छ।
अवार्डका विजेताहरू यस प्रकार छन्:
स्किल फेस्ट र सिइओ अनप्लग
माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए। सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११ औँ संस्करण पनि सम्पन्न भएको छ।
‘टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ आयोजित उक्त सत्रमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) लगायतले प्यानल छलफलमा भाग लिएका थिए । उनीहरुले भविष्यको बजारमा सीपको महत्त्व र शिक्षा क्षेत्र तथा उद्योगबीचको खाडल पुर्ने विषयमा चर्चा गरेका थिए ।
प्रतिक्रिया