काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गरेको छ ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ ।
सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिक्रिया