काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग उनको चुनावी भिडन्त हुन लागेको छ ।
रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया