काठमाडौं– चितवन-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जेनजी अभियान्ता विकास रसाइली (स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रलोपाको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् भने जेनजी आन्दोलनको एजेण्डा स्थापित गर्न जेनजी मोभ्मेन्टमा रहेर निरन्तर काम गर्दै आयको छन् ।
उनी विशेषगरी किसान आन्दोलन र मिटरब्याज पीडितहरूको न्यायका लागि हुने आन्दोलन, दलित आन्दोलन र वित्तीय शोषण मा परेका हरुको आन्दोलनमा सक्रिय नेतृत्वदायी निर्वाह गर्दै आएका अभियान्ता हुन् । निरन्तर सडक बाट उत्पीडित हरुको आवाज बोल्दै आएका उनी जेनजी आन्दोलनपश्चात उक्त आन्दोलनको मर्म र भावना अनुरुप निर्वाचन होमिएको बताएका छन् ।
उम्मेदवारी दर्तापछि रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग, अजेन्डा कार्यान्वयन गराउन र उत्पीडित वर्ग समुदायको आवाज संसदसम्म पुर्याउन र चितवन एक लाई सक्षम, इमान्दार, दुरददर्शी नेतृत्व र सधै जनताको सुख दुखमा साथमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समाज विकासमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । चितवन–१ मा युवा र पुराना शक्तिहरूबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
प्रतिक्रिया