काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व विद्यार्थी नेता रोहित बास्तोलाले उम्मेदवारी दर्ता गरेका छन्।
आज बिहान पार्टीको तर्फबाट गएको एक टोलिको साथमा पूर्व विद्यार्थी नेता रोहित बास्तोलाले प्रलोपाको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।
ललितपुर जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने प्रलोपा पहिलो दल भएको छ । बास्तोलाको उम्मेदवारी दर्ताको क्रममा प्रालोपाको सोही क्षेत्रका समानुपातिक उम्मेदवार सुबिन्द्र तामाङ पनि सहभागी रहेका थिए ।
उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उम्मेदवार बास्तोलाले आफू बिद्यमान बेथिती, राजनीतिक एकाधिकार तथा लोकप्रियतावादको आवरणमा मौलाउँदै गरेको नवफाँसीवादको विरुद्ध जनचेतना फैलाउँदै चुनावी अभियान सन्चालन गर्ने वताए ।
उनले प्रत्यक्ष लोकतन्त्र, रैथाने ज्ञान सीप र प्रविधि लगायतका एजेन्डा अघि सारेका जनाउँदै छिट्टै आफ्नो चुनावी कार्यक्रम सार्वजनिक गर्ने बताए।
प्रतिक्रिया