काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र प्रगतिशील नागरिक पार्टी(प्रनापा)बिच एउटै चिन्हमा चुनाव लड्ने सहमति भएको छ ।
प्रलोपा केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा भएको छलफलले प्रगतिशील नागरिक पार्टीका उम्मेदवारहरु प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ‘एकल खुलेको आँखा’ चिन्हमा लड्ने सहमति भएको हो।
प्रलोपाका अध्यक्ष परिषदका अध्यक्ष सन्तोष परियार र प्रगतिशील नागरिक पार्टीका अध्यक्ष सविन सिग्देल बिच एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
प्रनापा अध्यक्ष सिग्देलका अनुसार अब प्रनापा उम्मेदवारहरु प्रलोपाकै चुनाव चिन्हबाट आफ्नो उम्मेदवारी दर्ता गर्नेछन ।
प्रतिक्रिया