चुनावी सरगर्मी

झापा– ५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदाता भेट्दै

बुधबार, ०७ माघ २०८२, ११ : ००

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् । 

मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता अघि बढाएका हुन् ।

झपा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न बालेनले दिएको उम्मेदवारीलाई देशभरबाट चासोका साथ हेरिएको छ । मंगलबार मनोनयको दिन दलबलसहित उम्मेदवार दर्ता गराएका बालेनले चुनाव लक्षित सक्रियता बढाएका छन् । 
 

 
 
 
बुधबार, ०७ माघ २०८२, ११ : ००

प्रतिक्रिया