काठमाडौं– मंगलबार पूर्वी रुकुमबाट मनोनयन दर्ता गराउनुभएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मर्निङ वाक गरेका छन्। मोर्निङ वकका क्रममा उहाँले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरेका छन्, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे।
मर्निङ वाकसँगै संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गरेका छन्। घरदैलोका क्रममा उनले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गरे। सहिद परिवारसँगको भेटमा उनले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताएका छन् ।
संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिए ।
मर्निङ वाकसँगै घरदैलो अभियानका क्रममा उहाँले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया