सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट

बुधबार, ०७ माघ २०८२, १२ : ४८

काठमाडौं- सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट गरिएको छ । 

कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट भएको हो । 

यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो । जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएकोमा मागभन्दा बढी मात्रामा आवेदन परेपछि योजनाको आकार २५ प्रतिशत वृद्धि गरी १२ करोड ५० लाख इकाई कायम गरी माघ ४ गते बाँडफाँट गरिएको हो ।

यसको योजना व्यवस्थापक/धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

 
बुधबार, ०७ माघ २०८२, १२ : ४८

प्रतिक्रिया