काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारणसभा भोलि माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने भएको छ ।
यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो।
सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी १ जना महिला सहित ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदान र सञ्चालक समिति गठन गर्ने र नियामक निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिन बूक क्लोज गरिसकेको छ। तसर्थ पुस १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
प्रतिक्रिया