काठमाडौं– डकुमेन्ट्री निर्माता एवं निर्देशक लावा प्याकुरेलले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नुवाकोट २ मा उम्मेदवार रहेका रजमान तामाङलाई प्रश्न गर्ने र इतिहासँग जुध्ने साहसी युवा भएको भन्दै प्रशंसा गरेका छन् ।
उनले एक कवितामार्फत नुवाकोट २ मा उम्मेदवार बनेका तामाङको दृष्टि परेको स्थानमा प्रश्न अंकुराउने बताउँदै उनी पराजित भए भ्रष्टाचार र कुशासन लाद्नेहरुका लागि बाटो खुल्ने औंल्याएका हुन् । प्याकुरेलले उनको उम्मेदवारी भ्रष्टाचार र कुशासन अन्त्यका लागि एक उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्न त्यहाँका मतदाता समक्ष कवितात्मक शैलीमा आग्रह गरेका छन् ।
उनले उम्मेदवार तामाङको व्यक्तित्व समयको वेग रोक्न सक्ने आँटका रुपमा चित्रित गरेका छन् । थाकेका अनुहारहरुको भीडमा तामाङको उपस्थितिले उज्यालो छाउने निर्देशक प्याकुरेलले आफ्नो कविताको विम्बमार्फत अभिव्यक्त गरेका छन् ।
नुवाकोट– २ मा प्रलोपाबाट उम्मेदवारी दिएका युवा नेता तामाङले आफ्नो चुनावी प्रचार शैली समेत बदलेका छन् । उनले चुनावमा उम्मेदवार लक्षित गाली गलौजको संस्कृति अन्त्य गर्नुपर्ने बताउँदै एजेण्डामा बहस गर्न सुझाएका हुन् ।

प्रतिक्रिया