प्रिमियर डिस्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

बुधबार, ०७ माघ २०८२, १६ : ५२

काठमाडौं- प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बि प्रबन्धकको रूपमा नियुक्त गरेको छ । 

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।

विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो । 

यसले भोड्का, ह्विस्की, रम र जीनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आइरहेको छ ।

 
बुधबार, ०७ माघ २०८२, १६ : ५२

प्रतिक्रिया