राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा वसन्त श्रवण (तस्बिरहरु)

शुक्रबार, ०९ माघ २०८२, १२ : ४३

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूल प्रसाद प्रदान गरेका थिए । 

सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । 

सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

 
शुक्रबार, ०९ माघ २०८२, १२ : ४३

प्रतिक्रिया