गोरखा– २ मा बाबुरामले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, ०९ माघ २०८२, १३ : २७

काठमाडौं– प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट गोरखा–२मा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

उनले आजै सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । 

प्रलोपाका संरक्षक रहेका भट्टराईले सबै नयाँ शक्तिलाई समेट्न र सबैको अभिभावकीय भूमिका निर्वाह गर्न आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘भोलि आवश्यक पर्दा देशकै अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर दर्ता गरेको मनोनयनपत्र फिर्ता लिने निर्णय गरेको छु।’ 

 
 
 
 
शुक्रबार, ०९ माघ २०८२, १३ : २७

प्रतिक्रिया