काठमाडौं- नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कुल अस्ट्रेलियामा पनि विस्तार भएको छ ।
नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभियान चलाइरहेको डिजी स्कुलले अन्तर्राष्ट्रिय विस्तार अन्तर्गत अस्ट्रेलियामा आफ्नो उपस्थिति जनाएको हो ।
डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कुललाई नेपालबाट अस्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरूमा समेत विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । विद्यार्थीहरूलाई विद्यालय तह देखि नै कोडिङ, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा र डेटा साइन्स जस्ता विषयहरूमा दक्ष बनाउने डिजी स्कुलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
डिजी स्कुल अस्ट्रेलिया मार्फत विद्यालय तहका विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट आइटी तथा कोडिङ शिक्षा उपलब्ध गराइने अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरूमा ग्लोबल आइटी सर्टिफिकेट कार्यक्रमहरू सुरु गरिनेछ, जसले अस्ट्रेलियाका विद्यार्थीहरूलाई अन्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त सीप हासिल गरी आइटी क्षेत्रमा रोजगारीका अवसरहरू प्राप्त गर्न सहयोग पुु¥याउनेछ ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युगमा आइटी शिक्षा महत्त्वपूर्ण रहेको बताए । आइटी शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुु¥याउन सकिने मल्लको भनाई छ । अस्ट्रेलियामा आयोजित डिजी स्कुल शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजु बानियाले आइटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।
अस्ट्रेलियामा आयोजित शुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरूका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरूको सहभागिता रहेको थियो । जसले डिजी स्कुलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय विस्तारसँगै डिजी स्कुलले विश्वभरका बालबालिकालाई भविष्य उन्मुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ ।
प्रतिक्रिया