सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

शनिबार, १० माघ २०८२, १३ : ०४

काठमाडौं- सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

१९ करोड २९ लाख रुपैयाँ बराबर हुन आउने १९ लाख २५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 
शनिबार, १० माघ २०८२, १३ : ०४

प्रतिक्रिया