काठमाडौं- उद्योग प्रभावित स्थानीयले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ।
पहिलो चरणमा कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा उद्योग प्रभावित स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ।
स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
प्रतिक्रिया