काठमाडौं- पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजनाले माघ ९ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको छ।
गत असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण आयोजनामा ठुलो क्षति पुगेको र विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको थियो। लामो समयको बन्दपछि हाल पुनः उत्पादन सुरु हुनुले विद्युत आपूर्ति सन्तुलनमा राहत मिल्ने अनुमान गरिएको छ।
यस आयोजनाले स्थानीय क्षेत्रका लागि समेत स्थायी रूपमा विद्युत आपूर्ति बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया