काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ माघ १२ गते बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।
कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।
आईपीओमा ८ लाख २० हजारले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ । यसरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।
प्रतिक्रिया