क्यानडाले ‘चीनसँग सम्झौता गरे’ १०० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको धम्की

आइतबार, ११ माघ २०८२, १४ : ५३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।

‘यदि क्यानडाले चीनसँग सम्झौता गर्‍यो भने, क्यानडाबाट आउने सबै सामग्रीमा अमेरिकाले १०० प्रतिशत कर वृद्धि गर्नेछ,’ ट्रम्पले ट्रूथ सोशलमा लेखेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा भनेको सम्झौता कुन हो भनेर स्पष्ट छैन। गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग ‘रणनीतिक साझेदारी’ को घोषणा गरे र कर वृद्धि घटाउन सहमति जनाए।

ट्रम्पले त्यति बेला उक्त कदमलाई ूराम्रो कुराू भनेका थिए। तर हालैका दिनहरूमा अमेरिका र क्यानडाबीचको तनाव बढेको छ जब कार्नीले डाभोसमा एउटा भाषणमा अमेरिकी नेतृत्वको विश्व व्यवस्था भत्किएको बताएका थिए।

ट्रम्पको घोषणापछि अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने ?

कार्नीले ट्रम्पको नाम त उल्लेख गरेनन् तर अन्य ूमध्यम शक्तिहरूू लाई ‘ठूला शक्तिहरु’ द्वारा आर्थिक जबरजस्ती सामना गर्न आग्रह गरे।

ट्रम्पले त्यसको भोलिपल्ट नै उक्त टिप्पणीको प्रतिक्रिया जनाउँदै भने,‘अमेरिकाकै कारण क्यानडा बाँचिरहेको छ।’

क्यानडाको भनाइ के हो ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई आफ्नो नयाँ ‘पीस अफ बोर्ड’मा सामेल हुन दिएको निमन्त्रणालाई फिर्ता गरेका छन्।

शनिवार सामाजिक सञ्जालमा ट्रम्पले एउटा पोस्ट गर्दै कार्नीलाई ‘यदि उनी चीनका लागि सामान र उत्पादन अमेरिका पठाउन क्यानडालाई ’ड्रप अफ पोर्ट’ बनाउँछन् भने उनी सरासर गलत छन्’ भनेका छन्।

बीबीसीले त्यसबारे टिप्पणीका लागि ह्वाइट हाउस र कार्नीको कार्यालयलाई सम्पर्क गरेको छ।

ट्रम्पले बारम्बार कर वृद्धि गरेका कारण उत्पन्न अनिश्चितताका माझ क्यानडा आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकाबाट टाढा व्यापार विविधीकरण गर्न खोजिरहेको छ।

कार्नी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच गत साता भएको सम्झौता अनुसार चीनले क्यानडाको क्यानोला तेलमा ८५ प्रतिशतबाट घटाएर १५ प्रतिशत कर लगाउनेछ भने क्यानडाले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशतबाट घटाएर ६।१ प्रतिशत कर लगाउने छ।

यो सम्झौतालाई वर्षौँको तनावपूर्ण सम्बन्ध र कर बढाएर बदला लिने व्यवहारपछि एउटा सफलताको रूपमा हेरिएको थियो र क्यानडामा चीनको थप लगानी हुने देखिन्छ।

कार्नीले चीनसँग भएको प्रगतिले क्यानडालाई ‘नयाँ विश्व व्यवस्थाको लागि राम्रो’ गरेको बताए।

बीबीसी न्यूज नेपाली

आइतबार, ११ माघ २०८२, १४ : ५३

प्रतिक्रिया