नेशनल लाइफको सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

आइतबार, ११ माघ २०८२, १४ : ५५

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

(844).jpg (1)

पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सीइओ क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरेका थिए ।

यसै गरी सो अवसरमा कम्पनीले वार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीइओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए साथै उनले कम्पनीले ल्याएको सीइओ क्लब कार्यक्रममा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउँदै कम्पनीले सबै तहका अभिकर्ताहरू माझ लोकप्रिय हुने यस्ता योजनाहरू ल्याउन हर सम्भव प्रयासरत रहेको पनि बताए ।

चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको सो समारोहमा सहभागी अभिकर्ताहरूले तालिमबाट थप ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताए ।

 
 
आइतबार, ११ माघ २०८२, १४ : ५५

प्रतिक्रिया