चिलिमे जलविद्युतको लाभांश वितरण सुरु

सोमबार, १२ माघ २०८२, १२ : २९

काठमाडौं- चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न आफ्नो २९औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण सुरु गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो नगद लाभांश सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा पठाउन थालिएको कम्पनीले जनाएको छ।

यसका साथै सभाले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। उक्त बोनस सेयर भने नेप्से सीडीएसीमा दर्ता तथा सूचिकृत भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ ।

 
 
सोमबार, १२ माघ २०८२, १२ : २९

प्रतिक्रिया