एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने

सोमबार, १२ माघ २०८२, १२ : ३४

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार माघ १० र ११ गते बसेको सम्पत्ति,दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस तथा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औं बैठकको निर्णयअनुसार उक्त सेयर बिक्री गर्ने निर्णय गरिएको हो।

 
सोमबार, १२ माघ २०८२, १२ : ३४

प्रतिक्रिया