हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

सोमबार, १२ माघ २०८२, १२ : ४८

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । 

माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रमअन्तर्गत आइतबार उनीहरूलाई सम्मान गरिएको हो ।

तीन जना सीओटी र ५४ जना एमडीआरटीलाई कम्पनीले सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका सञ्चालक सदस्य सचिन आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल लगायतले ट्रफी प्रदान गरेका थिए ।

सीओटी बिमल ढकाल, लक्ष्मीदेवी शर्मा गौतम र रवीन्द्र तिमम्सिनालाई ट्रफिसहित एक लाख तीस हजार रुपैयाको चेक समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।

कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्माले स्वागत गरेको कार्यक्रम लुम्बिनी प्रदेश उपप्रमुख जुना कुँवर र सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले सञ्चालन गरेका थिए ।

 
सोमबार, १२ माघ २०८२, १२ : ४८

प्रतिक्रिया