बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

सोमबार, १२ माघ २०८२, १३ : ५९

काठमाडौं- नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

प्राधिकरणले माघ १३ गते भोलि मंगलबार परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा बिहीबार दिउँसो २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । 

परीक्षामा देशैभरीबाट सहभागी हुन सकिने जानकारी दिएको छ ।
 

 
 
सोमबार, १२ माघ २०८२, १३ : ५९

प्रतिक्रिया