काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।
आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको छ ।
कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।
आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np/ र मेरो सेयरको https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया