काठमाडौं- नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको अध्यक्षमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको बताए । पौडेल यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा थिइन् ।
पोखरेल प्राधिकरणमा नियुक्त हुनुअघि शरद ओझा अध्यक्ष थिए। तर, नियुक्ति प्रक्रियाका क्रममा पेस गरेको कार्यानुभवको प्रमाणपत्रबारे उजुरी परेपछि तत्काली सरकारले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए।
प्रतिक्रिया