पूर्वाधार निर्माण

प्रधानमन्त्री कार्कीद्वारा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

मंगलबार, १३ माघ २०८२, १० : ५७

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराईँ– मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षण गरेकी छन्। 

मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन्।  

सरकारले काठमाडौँ–तराईरमधेश द्रुत मार्ग (फास्ट ट्र्याक)लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ। यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो। 

 
 
मंगलबार, १३ माघ २०८२, १० : ५७

प्रतिक्रिया